टोकियो, जापान, सेतोपरेवा संवाददाता
एन आर एन जापान का महिला सदस्यद्वय कालिका थापा (एनआरएनए आईसिसी सदस्य ) तथा सबिता श्रेष्ठ(एनआरएन जापान सदस्य) ले एक बिज्ञप्ति जारि गर्दै नेहा पुन को हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
महिला प्रतनिधीद्वय कालीका थापा (के सी ) र सविता श्रेष्ठले हिजो एक बिज्ञप्ति जारि गर्दै भनेका छन् “नेहा पुनको हत्यारालाई कडा कार्वाही गर्न एन आर एन जापान जोडदार माग गर्दछ । नेपालमा दैनिक बढ्दै गएका महिला हत्या हिंसा र बलत्कार जस्ता घटनाहरू बढ्दै गईरहेका बेला अझ यो पोखरामा हालै घटेको नेहा बैनीको हत्याले सम्पुर्ण देश विदेशमा रहेका महिला हरूलाई मर्माहित तुल्याएको छ ।
यसको मूल कारण देशको फितलो कानून मानवता हिन अनैतिकताको हो । त्यसैले यस्ता जघन्य अपराध हरू घट्न नदिनका लागी अपराधी लाई कडा भन्दा कडा कार्वाही र भएको कानुनको यथाचित कार्यान्योनको माग गर्दछौ ।”
- See more at: http://setoparewa.com/2016/02/10/37403#sthash.AxWw5JPx.dpuf